डर
यो संसार अलि अनौठोनै रहेछ,
भुमरीमा झैँ घुमिरहने,
निस्किन खोज्दा झन् फसाइदिने,
अनि चित्त बुझाई बस्न खोज्दा
मारिदिने।
तिमी छौ है त्यहीँ?
कतै नजानू ल,
डर लाग्छ—
कतै एक्लो पो हुने हो कि?
तिमी छौ है त्यहीँ?
निन्द्रा लाग्दैछ,
सपनाहरूले रात बिताउँदैछ।
दिनमा सपना पूरा त गर्दैछु,
तर
न त मैले कहिल्यै देखेको,
न त मैले कहिल्यै चाहेको।