बिहानीको सपना6

डर

यो संसार अलि अनौठोनै रहेछ,
भुमरीमा झैँ घुमिरहने,
निस्किन खोज्दा झन् फसाइदिने,
अनि चित्त बुझाई बस्न खोज्दा
मारिदिने।

तिमी छौ है त्यहीँ?
कतै नजानू ल,
डर लाग्छ—
कतै एक्लो पो हुने हो कि?

तिमी छौ है त्यहीँ?

निन्द्रा लाग्दैछ,
सपनाहरूले रात बिताउँदैछ।
दिनमा सपना पूरा त गर्दैछु,
तर
न त मैले कहिल्यै देखेको,
न त मैले कहिल्यै चाहेको।

7 October 2026
6
7Philocalist

तिमी र म

सुन्दर बगैँचा तिमी
अनि म तिम्रो माली

रातको मिठो निद्रा तिमी
अनि म तिम्रो सिरानी

बगिरहने खोला तिमी
अनि तिमीलाई पर्खी बस्ने किनार म

प्रभातमा उदाउने घाम तिमी
अनि सन्ध्यामा तिमीलाई अँगाल्न बस्ने क्षितिज म

7 October 2026
7