3बिहानीको सपना

बिहानीको सपना

यो घाउ भरिन्छ कि,
कि यो घाउले भरिन्छ?

खै, यो समयले
के परिणाम दिन्छ?

हात्केलामा लेखेको शब्द शुद्ध छ,
भागेको भाग्यलाई
यही हात्केलाले समाउनु छ।

साँचो नै होला—
सपना बिहान देखेको थियो,
खुल्ला आँखाले कि बन्द,
थाहा भएन।

निधार त खाली थियो,
उसले के पढ्यो?

चिन्ताले चाउरिएको छालामा
केही त लुकेको थियो।

7 October 2026
3